मिरबोर, ३ मंसिर । अतानु लहरीको प्रशिक्षणमा रहेको भारतीय युवा बुद्धिचाल टोलीले स्लोभानियाको मिरनोरमा जारी विश्व युवा बुद्धिचाल प्रतियोगितामा सानदार प्रदर्शन गरेको छ । प्रतियोगितामा दुई चरण बाँकी रहँदा भारतले उपाधि जित्ने लगभग निश्चित भएको छ ।
प्रतियोगिताका १६ स्पर्धामा भारतीय खेलाडी चार या पाँच स्पर्धामा पहिला हुने सम्भावना प्रबल बनेको छ । प्रतियोगिताको यु–१० महिला स्पर्धामा भारतीय खेलाडी प्रियंकाले उपाधि जित्ने लगभग निश्चित भएको छ । उनले नौ चरणको खेलमा सत–प्रतिसत जित हात पार्दै आफ्ना प्रतिद्वन्द्वीलाई १.५ अंकले पछि छाडेकी छिन् । यसैरी, यु–१० खुला स्पर्धामा भियतनामका नुगइन अल खोइले पनि नौ चरणको समाप्तीमा सत–प्रतिसत जित हात पारेका छन् । प्रतियोगिताको सुरुवाती बरियतामा प्रियंका ३३ औँ बरियतामा रहेकी थिइन् ।
यु–८ स्पर्धामा पनि उज्वेकिस्तानका अब्डुरोस्टोभले ८.५ अंक जोड्दै अन्य प्रतिद्वन्द्वीलाई एक अंकले पछि छाडेका छन् । यु–१८ स्पर्धामा पोल्यान्डका जिएम स्वाइरेज डेइसुरेजले रुसका भ्लादिमिर फेडोसिभसँग बराबरी गरे । स्वाइरेज ७.५ अंक सहित शीर्ष स्थानमा छन् । महिला तर्फ रुसी डब्लुजिएम गारेन्चीकाले इरानकी सनसनीपूर्ण खेलाडी मिनो अस्गारिडारेकसँग बराबरी गर्दै अग्रता कायम राखिन् । यु–१६ स्पर्धामा शीर्ष बरियताका रुसी आइएम युरी एलीसेभीले ९ चरणमा आठ स्कोर गरेका छन् । नवौँ चरणमा भारतीय गरि कौशिकलाई हराएका युरीको रेटिङ परफरमेन्स सर्वाधिक २६७५ रहेको छ । १० औँ चरणमा उनले एनले एसएल नारायननसँग खेल्ने छन् । यु–१४ मा भारतीय एफएम चिदाम्बरम अरबिन्दले फ्रान्सेली एमएम बिलेल बेलाहोन्सलाई पराजित गरे । चिदाम्बरम ८ अंक लिएर अन्य प्रतिद्वन्द्वीलाई एक अंकले पछि पार्दै अग्रता कायम गर्न सफल भएका छन् । यु–१४ महिला स्पर्धामा भारतका मोनिसा र हंग हफोइले ७.५ अंकसहित अग्रता कायम गरेका छन् ।
यु–१२ मा भने अमेरिकी खेलाडीको प्रभाव रहेको छ । अमेरिकाका ह्ीलर क्यामरुन ८ अंकसहित शीर्ष स्थानमा छन् । ७.५ अंकसहित दोस्रो स्थानमा रहेका सेभियन सामयुलसँग उनले १० औँ चरणमा खेल्ने छन् । यु–१२ महिलामा भारतीय खेलाडी आर बैशालीले आठ अंकसहित अग्रता कायम गरेकी छिन् । उनले १० औँ चरणमा अर्की भारतीय खेलाडी रभन्ता रियासँग खेल्ने छिन् । रियाको ७.५ अंक छ । चीनकी युनयीले ७.५ अंकसहित उनलाई पछ्याइरहेकी छिन् । यु–८ महिला स्पर्धामा इरानकी असादी मोताहारे शीर्ष स्थानमा छिन् । महिला यु–१६ मा चिनकी झाओ यियी ८.५ अंकसहित शीर्ष स्थानमा रहेकी छिन् ।
प्रतिक्रिया