काठमाडौं, २० कात्तिक । एमालेले नेता केपी ओली र केन्द्रीय सदस्य डिल्लिबहादुर महतको उपचार खर्च जुटाउन पाँच सदस्सीय सहयोग समिति गठन गरेको छ ।
पार्टी कार्यालय बल्खुमा आज बसेको सचिवालय बैठकले सचिव विष्णु पौडेलको नेतृत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा स्वास्थ्य विभाग प्रमुख प्रकाश ज्वाला, उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठ, कार्यालय सचिव परशुमेघी गुरुङ र राजन भट्टराई रहेका छन् ।
नेता ओलीले भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा निमोनियाको उपचार गराईरहेका छन् । केन्द्रीय सदस्य महतले शिक्षण अस्पताल महाराजगञ्जमा मस्तिष्कघातको उपचार गराई रहेका छन् ।
प्रतिक्रिया