पुजागर्न गएका दलित कुटिए

बाजुरा, ९ कात्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बढीमालीका मन्दीरमा पुजागर्न गएका दलित कुटिएका छन । बडादशै को अबसरमा मंगलवार विहान मालिकामाताको पूजा गर्नका लागि बढीमालिका मन्दीर पुगेका  दलितलाई मन्दीर प्रवेश किन गरको भन्दै गैर दलितहरुले कुटपिट गरी गम्भीर घाईते बनाएका छन् ।
मन्दीर प्रवेश रोक लगाउँदै एकाएक कुटपिट गरेर मन्दीरमा जानमा रोक लगाएका थिए । हामीले पुजा गर्न पाउनु पर्छ भन्न नपाउँदै  स्थानीय रावल र थापा थरका गैर दलितले कुटपिट गरेर स्थानीय मन्दीरबाट लखटेका थिए ।  कुटपिट गरेर घाईते हुनेमा मार्तडी ८ का  १६ वर्षीया सिता विक ,१४ वर्षीया लक्ष्मी विक र बझाङकै पणश गाविस ५ का २२ वर्षीया दिपक उखेडा रहेका छन । घाईते तीनै जनालाई जिल्ला अस्पताल बाजुरमा उपचार भईरहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
दलित भएकै कारणले मन्दीरमा प्रवेश गर्नमा रोक लगाएर कुटपिट गर्नेमा मार्तडी ४ का कर्ण रावल,मार्तडी ६ की धनमती थापा र तुला थापा लगाएका वक्ती रहेका पिडित विनोत विकले बताएका छन् ।
कुटपिट गर्नेलाई जिल्ला प्रहरी कार्यलय बाजुरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दोसीलाई कार्वाहीको माग गर्दै जिल्ला दलित नेटवर्क बाजुराले एक प्रेश विज्ञप्ती समेत  प्रकाशन गरेका छन् ।

प्रतिक्रिया