करणको चलचित्रमा भुवन

काठमाडौं : पछिल्ला केही वर्षदेखि होम प्रोडक्सनका चलचित्र मात्रै खेल्दै आएका नायक भुवन केसी अब बाहिरी ब्यानरको चलचित्रमा पनि देखिने भएका छन् । निर्माता करण श्रेष्ठले निर्माण गर्न लागेको ‘जन्जिर’ मा उनलाई देखिने भएको हो ।
चलचित्रको बुधबार तीनकुनेस्थित रुफ्साना पार्टी प्यालेसमा शुभमुहूर्त गरियो । जिन्दगीलाई मजाक सोच्नेहरूलाई कुनै दिन त्यही मजाक घातक साबित हुनसक्ने विषयवस्तुमा आधारित ‘जन्जिर’मा भुवनका अलावा जयकिसन बस्नेत, श्रिया झा, सुनील गुरुङ, सुमन लामा, मोहनकृष्ण श्रेष्ठ, दिया श्रेष्ठ, सम्राट सापकोटा, जया कार्की मुख्य भूमिकामा रहनेछन् ।
केआर इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सपना गौतम र राजेश खड्गीले निर्माण गर्न लागेको चलचित्रमा टंक बुढाथोकीको संगीत, शंकर अधिकारी ‘घायल’ र दिनेश सुवेदीको गीत, शंकर महर्जनको द्वन्द्वनिर्देशन, सुशील पँगेनीको लेखन तथा गणेशकुमार पाण्डेको छायांकन रहेको छ । चलचित्रको दसैँलगत्तै छायांकन सुरु गरिने निर्माणपक्षले जानकारी गरायो । (सौस)

प्रतिक्रिया