बास्केटबल प्रशिक्षक सत्याल सम्मानित

काठमाडौं, ३० असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले बास्केटबल खेलका प्रशिक्षक एवं रेफ्री निरञ्जन सत्याललाई खेलक्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सोमबार सम्मान गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्ला प्याब्सनको संयुक्त आयोजनामा सञ्चालन गरिएको विजयादशमी, शुभ–दीपावली, नेपाल सम्वत् तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले सत्याललाई सम्मानपत्र प्रदान गरे । ‘बास्केटबल खेलका प्रशिक्षक एवं रेफ्रीको भूमिकाबाट खेलकुद क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै तपाईं निरञ्जन सत्याललाई समानपत्र प्रदान गरिन्छ ।’ सम्मानपत्रमा उल्लेख छ ।

प्रतिक्रिया