दाईकी छ वर्षीया छोरीको हत्या

धनुषा, २६ असोज । धनुषा जिल्लामा आफ्नै दुईकी छ वर्षीय छोरीको हत्या अभियोगमा प्रहरीले सदाम हुसेनलाई पक्राउ गरेको छ ।
ठाडीझिजा–३ बस्ने २५ बर्षीय सदामले आज विहान एक बजे लाठी प्रहार गर्दा जाहीरा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएका सदामले जाहीरा र २ वर्षीया सोगरा खातुनलाई लाठी प्रहार गरेका थिए । लाठीले चेट लागेकी सोगराको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया