नेकपा–माओवादीद्वारा दशैं/तिहारको विरोध

काठमाडौं, २५ असोज । नेकपा–माओवादीले धर्म निरपेक्ष राज्यको सिद्धान्त विपरित सरकारले हिन्दू धर्मलाई बढावा हुने गरी दशैं/तिहारलाई महत्व दिन नहुने जनाएको छ ।
उसले हिन्दू धर्मले दलित र गैर दलितबीच ठूलो खाडल बनाएको भन्दै हिन्दू धर्म सम्बन्धी चाढपर्वलाई धेरै बढवा दिन नहुने उल्लेख गरेको हो ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले दशैं/तिहार जस्तो हिन्दू चाडपर्वलाई राज्यले बढावा दिन नहुने बताए । उनले हिन्दू संस्कृतिलाई सामान्तवादको आरोप लगाए । उनले भने, ‘दलित समुदायमा हिन्दू धर्मको संस्कृतिले विभेद बनाएको हो ।’
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले हिन्दू विचार र धार्मिक परम्परा नै दलितको समस्याको रहेको दाबी गरे । उनले भने, ‘हिन्दू धर्मको प्रभुत्व समाजमा रहुन्जेलसम्म दलित समस्या समाधान हुँदैन ।’
प्रगतिशिल साहित्यकार खगेन्द्र संग्रौलाले दलित आन्दोलन एनजिओको खेतीमा अल्झिएको आरोप लगाए उनले भने, ‘झिनामसिनाकुराबाट माथि उठेर नेतृत्व लिन दलितहरु उठ्नु पर्छ ।’

प्रतिक्रिया