सुरक्षाका लागि गुण्डा संस्कृतिको चुनौती

पोखरा, २४ असोज । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले शान्ति सुरक्षा कायम गर्न अहिलेको मुख्य चुनौती गुण्डासंस्कृति रहेको वताएका छन् ।
पोखरामा आज आयोजित कार्यक्रममा उनले गुण्डासंस्कृतिले शान्ति सुरक्षालाई नै चुनौती दिएको बताए । उनले भने, ‘प्रहरी प्रशासन, राजनीतिक क्षेत्र र कर्मचारीतन्त्रमा मौलाएको गुण्डा संस्कृतिलाई निर्मुल पार्न कडारुपमा प्रस्तुत हुनु पर्छ ।’
‘गुण्डासंस्कृतिलाई राजनीतिक, प्रहरीलगायतको संरक्षण छ,’ उनले भने, ‘गलत कार्यलाई छिटोभन्दा छिटो निरुत्साहित गर्नु पर्छ ।’

प्रतिक्रिया