रिम, जातीय मुद्दा र वास्तविकता

विश्व कम्युनिस्ट आन्दोलन ओरालो लाग्दा नेपालमा उकालो लाग्यो । विश्वको मानव एक होऔँ भन्ने बेलामा नेपाल जातीय विखण्डनतिर गयो । राजनीतिक यात्रा नबुझ्नेका लागि यो संयोग होला तर बुझ्नेलाई कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ भएको छ । आज के हुन्छ † भरे के हुन्छ अनि भोलि के हुन्छ ? कल्पनाभन्दा बाहिर छ । देशका अगुवा भनाउँदाहरू दिनदिनै असफलताको गीत गाइरहेका छन् । सुन्ने जनता वाक्क भइसकेका छन् । गर्नुपर्ने युवाहरूले हो । तर ती युवाहरू सहरदेखि गाउँसम्म रित्तो पार्दै बिदेसिएका छन् । उर्वरभूमि विनाश गर्ने रासायनिक युरिया र डिएपी मलजस्तै रिम र जातीय आतिवाद राजनीतिको बेढंगे राग बनेको छ । विदेशीको बलमा नेपालीमा राजनीतिक अभियानकै रूपमा क्रिस्चियनिटी फैलँदो छ । प्रशिक्षकहरू दिनदिनै थपिइरहेका छन् । यस अभियानको मूल ढोकाबाट पछिल्लो चरणमा १२ बुँदे समझदारीसँगै इन्डो–सिआइए डिजाइनमा अनमिनको नाममा प्रवेश भएको थियो ।
यसको जन्मदाता रिम नामको तथाकथित क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट संगठन हो । यसको अगुवाइ अमेरिकन नागरिक बब अवाडिनले गरिरहेका छन् । उनको देश अमेरिका आज संसारको शक्ति केन्द्र, प्रविधि र हातहतियारले सम्पन्न छ । त्यही देशमा बस्छन् तर उनी कहिल्यै क्रान्तिको झन्डा र डन्डा उठाउँदैनन् । बरु माक्र्सवादको नाममा सोभियत संघको विघटनपछि तेस्रो विम्बमा उठेको कम्युनिस्ट आन्दोलनलाई भड्काउने पण्डितजस्ता भएका छन् । उनको काम कम्युनिस्ट आन्दोलनलाई सिआइएको योजनाअन्तर्गत रहेर जातीय आन्दोलनमा रूपान्तरण गर्नु हो । पछिल्लो चरणमा नेपाली कम्युनिस्ट आन्दोलन जातीय मोडलमा रूपान्तरण हुन खोज्नु सिआइए बब अवाडिन–पथ नै हो । सारमा अवाडिन कम्युनिस्ट होइनन् । भड्काउ मिस्टर हुन् । त्यसकारण अवाडिनले अगुवाइ गरेको संगठन रिम विम्ब कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्न बनाइएको सिआइएको अर्को रूप हो । यसको सिकार विश्वकम्युनिस्ट आन्दोलनसँगै नेपाली कम्युनिस्ट आन्दोलन पनि भएको छ ।
जातीय विषय : राजनीतिक व्यवस्था एकात्मक र संघात्मक हुन्छ । यसमा कसैको विवाद छैन । पछिल्लो चरण मधेस आन्दोलनको नाममा एक मधेस एक प्रदेश र जातीय राज्यको माग इन्डो–सिआइए मोडलमा क्रिस्चियनीकरण र श्रीलंकीकरण अभियान हो । यस अभियानका समर्थक ठूला पाँचै राजनीतिक दलदेखि ज्ञानेन्द्र शाहसम्म हुन् । वर्तमान राजनीतिक शून्यताको फाइदा उठाउन जातीयताका चर्का कुरा गर्नेहरू पनि सिआइएका एजेन्डा बोकेर हिँडिरहेका छन् । जातीय अग्राधिकार, पहिचान र आत्मनिर्णयको नाममा होस् कि अर्काको देखासिकीमा बाहुन, दसनामी नाममा जातीय कुरा गर्ने होस्, दुवै सिआइएका एजेन्डा बोकेर हिँड्ने नेपाली हनुमान हुन् । यिनीहरूको काम नुन खाएबापत गरिबी, दलित, जनजाति आदिवासीलाई क्रिस्चियन बनाउने, त्यसपछि सिरियाली मोडलमा बेलायत र अमेरिकाले हतियार दिने अनि एक नेपालीले अर्को नेपालीलाई निसाना लगाउने र अमेरिकी साम्राज्यवादलाई खेल मैदान तयार पारिदिनु हो । नेपाली समाजको जातीय सद्भाव, सम्मान ध्वस्त गर्नु हो । पछिल्लो चरणमा जातीय अग्राधिकार, आत्मनिर्णयको अधिकार र पहिचान धमिलो पानीमा माछा मार्ने राजनीतिक अभियान पनि बनेको छ । ढाँटेको कुरा काटे मिल्दैन भनेजस्तै लेनिनले कमजोर राष्ट्रहरूबीच एकताबद्ध भएर अगाडि बढौँ भन्ने सन्दर्भमा उठाएको विषय साँच्चै मननयोग्य थियो । त्यसको सबैले सम्मान गर्नुपर्छ । तर, आत्मनिर्णयको अधिकारका नाममा गरिब, दलित, जनजाति आदिवासीलाई क्रिस्चियन बनाउने अधिकार कसैलाई दिनुहँुदैन ।
म लिम्बुको छोरा हुँ । पहिचानको नाममा लिम्बुलाई क्रिस्चियन बनाउन पाइँदैन । जातीय अग्राधिकारको नाममा सिआइएका ढोकामा बसेका रक्षक दलाललाई नेपाली अस्तित्व र परम्परालाई मास्नका लागि कुर्सी कसैले ठीक पारिदिनु हँुदैन । त्यसकारण म लिम्बुको छोरा क्रिस्चियन भए भने मेरो लिम्बु पहिचान, अग्राधिकार, आत्मनिर्णयको अधिकार आफ्नो खुट्टामा आपैँm बन्चरो हान्ने सिद्धान्त बन्नेछ । जीर्ण बनेको अंग र हाडखोर खान तम्सिएका आदिवासी जनजाति नेताहरूको पार्टी आदिवासी, जनजातिको अस्तित्व समाप्त गर्ने अभियानमा परिणत हुनेछ ।
यसको अर्थ नेपालमा जातीय समस्या छैन भनेको होइन । त्योभन्दा मुख्य विषय जातिजातिबीच एकापसमा सामन्तवादी व्यवस्थामा आधारित समस्या हो । समस्या छ भन्ने नाममा अमेरिकी साम्राज्यवादको एजेन्डा बोक्ने काम जातीय समस्याको निकास होइन । फेरि पनि घुमाई–फिराई समाप्ति नै हो । त्यसकारण जस्तो खालको जातीय समस्या हो त्यस्तै खाले निकास दिनुपर्छ । नेपालमा सामन्तवादी व्यवस्थाले थुपारेको जातीय समस्या हो । वर्तमान सन्दर्भमा जातीय सद्भाव, सम्मानपूर्ण नेपाली समाजको विकास विस्तार, आधुनिकीकरण समृद्ध राष्ट्रियताका आधारमा खोज्न सकिनेछ । त्यो भनेको सोचविचारमा आधारित हुन्छ । फेरि पनि आदिवासी, जनजाति आन्दोलन सिआइएको एजेन्डा बोक्ने अभियानबाट माथि उठ्न सक्नुपर्छ । त्यो काम आजका युवापुस्ताको हो । त्यसका हकदार सम्पूर्ण युवा बन्न सक्नुपर्छ ।
अन्त्यमा कम्युनिस्ट आन्दोलनलाई रोक्न प्रयोग गरिएको रातो कार्ड रिम र सत्तामा बसेर जातीय थिचोमिचो गरी जातीय आदिवासी परम्परागत शक्ति र अग्राधिकार, आत्मनिर्णयका नाममा उठाउने जातीय अतिवाद एउटै सिक्काको फरकफरक सिआइए मोडलका पाटाहरू हुन् । हँसिया–हथौडादेखि चारतारे झन्डावाला दलालहरूविरुद्ध अब सम्पूर्ण युवाले विद्रोहको झन्डा उठाउनैपर्छ । सबैको निसाना क्रिस्चियनीकरण र श्रीलंका मोडलका विरुद्ध हुनुपर्छ । यसलाई संगठित गर्ने वैचारिक हतियार सांस्कृतिक जनवाद नै हो । देशलाई बचाउने जादुगरी हतियार, एनजिओ/आइएनजिओ निषेध र सीमा सिलबन्दी हो । देशलाई सिस्टममा लैजाने हो भने दलालहरूको हातबाट सत्ताको चाबी खोसेर जनताका हातमा ल्याउनुपर्छ । अर्कोतिर मुलुकलाई राजनीतिक रिक्तताबाट बचाउने जिम्मा पनि आजका युवाकै काँधमा आइपुगेको छ । त्यसकारण वर्तमान राजनीतिक रिक्तताको विकल्प आजका युवा नै हुन् । यो कामका लागि नयाँ उत्साह र नयाँ सोचबाट अगाडि बढ्नुपर्छ । त्यो सोच र विचार भनेको सांस्कृतिक जनवाद हो । त्यो काम घरघरमा नेपाली मोडलको विद्रोहको झन्डा उठाएर मात्रै प्राप्त गर्न सकिनेछ । त्यसैले आआफ्नो ठाउँबाट विद्रोहका हात उठाऔँ । र, पछिल्लो पुस्ताले धिक्र्काने वातावरणबाट माथि उठौँ । यसले मात्र मुलुकलाई गन्तव्यमा पुर्‍याउनेछ ।
(लेखक युवा विद्यार्थी नेता हुन् ।)

प्रतिक्रिया