कोठा नम्वर ६०२ मा अनुचित कार्य..

काठमाडौं, १५ असोज । काठमाडौंको गंगबुस्थित एक गेष्ट हाउसमा तिलक राईले १५ वर्षीय तामाङ थरकी बालिकालाई जबर्जस्ती अनुचित कार्य गरेका छन् ।
गोंगबु–२९ स्थित दीपावली गेष्ट हाउसको कोठा नम्बर ६०२ मा आज दिउसो साढे एक बजे वर्ष १९ का राईले बालिकालाई जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । राईले बालिकालाई फकाएर गेष्ट हाउसमा लगेर जबर्जस्ती गरेको बालिकाको आरोप छ ।
राई बालाजु बाईपास बस्ने गर्छन् । सोही ठाउँ बस्ने रसुवा जिल्ला घर भएकी तामाङ थरकी १५ बर्षीया बालिकालाई सहमतिमा गेष्टहाउसमा लगेको दाबी गरेका छन् ।
प्रहरीले राईलाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा अनुसन्धना जारी रहेको प्रहरी भनाई छ । (तस्विर गुगल)

प्रतिक्रिया