निर्मातालाई भ्याइनभ्याइ

काठमाडौं : निर्माता जीवन थापालाई यतिबेला भ्याइनभ्याइ छ । उनले निर्माण गरेको चलचित्र तडप अचानक काठमाडौंमा प्रदर्शनमा आउने भएपछि व्यास्तता बढेको हो । तडप आगामी १२ गतेबाट उपत्यकामा लाग्दै छ ।
‘पहिले रिलिजका लागि दौडधुप, प्रचारप्रसार गर्दा रिलिजको डेट मिलाउन सकिएन, अहिले सबै काम बन्द गरेर बसेका बेला अचानक रिलिज गर्नुपर्ने भयो’, निर्माता थापाले भने  ।
करुणा–२, सस्ंकार, मृगतृष्णा, सम्भव असम्भव, व्याथा आफँै बोल्छलगायत सानो पर्दाका आधादर्जन टेलिचलचित्र निर्माणपछि ठूलो पर्दातिर पाइला बढाएका थापाको चलचत्रिमा दिलीप रायमाझी, झरना थापा, पनाह अधिकारी ,रवि गिरी ,मोहन मिश्र, जीवन थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
चेलीबेटी बेचबिखनमा राजनीतिककर्मीले पनि प्रश्रय पुर्‍याइरहेको प्रसंग बोकेको चलचित्रको लेखन पनाह अधिकारीले गरेकी छन् भने निर्देशक छन्, राज बन्स्यात । केही ठाउँमा गरिएको च्यारिटी सोमा राम्रो प्रतिक्रिया पाएकाले सार्वजनिक प्रदर्शनबाट पनि दर्शकको माया बटुल्ने विश्वास निर्माता थापाले गरेका छन् । (सौस)

प्रतिक्रिया