क्यान्सररूपी भ्रष्टाचार

राजनीतिक दलका नेताहरूले भ्रष्टाचारविरुद्ध जतिसुकै ठूला भाषण फलाके पनि तिनका व्यवहारमा भने सुधार आउन सकेको छैन । भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न संयन्त्र स्थापना गरिए पनि मुलुक भ्रष्टाचारको सूचीमा प्रत्येक वर्ष माथि उक्लिदै गइरहेको छ । कहिले विकास निर्माणका लागि छुट्याएको रकम नेताहरूले बाड्चुड् गरेर सिध्याउँछन् भने कहिले लडाकुहरूका लागि छुट्याइएको रकम उनकै कमाण्डर तथा नेताहरूले कुम्ल्याउन पुग्छन् । यही नै हाम्रा लागि बिडम्बना बनेको छ । कहिले निको नहुने क्यान्सररुपी यो भ्रष्टाचारको रोगलाई निर्मुल गर्नसक्नु हामी सबैका लागि ठूलो चुनौति बनेको छ । भ्रष्टाचारले मुलुकको अर्थतन्त्र थला परिसकेको छ । राजनीतिक दलका नेतादेखि कार्यकर्ता, निजामति प्रशासनदेखि प्रहरी प्रशासनसमेत यसबाट अछुतो रहन सकेको छैन । भ्रष्टाचारको यो चंगुलबाट मुलुकलाई जोगाउन अब राजनीतिक दल, नागरिक समाज, बैद्धिक वर्ग, विद्यार्थी, संचारकर्मीलगायत सबै सरोकारवाला निकायले समयमै आवश्यक पहल गर्नै पर्छ ।

प्रतिक्रिया