बंगलादेशका इस्लामको एकल अग्रता

काठमाडौ, २ असोज । माउन्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको साताँै चरणका खेल सकिँदा बंगलादेशका फिडेमास्टर अमिनुल इस्लाम ६.५ अङ्कसहित शीर्षस्थानमा छन् । एक दिनअघि अग्रस्थानमा रहेका विहारका १० वर्षीय सौरभ आनन्दलाई इस्लामले सातौँ चरणमा पराजित गरे ।
सातौँ चरणमा आनन्दको ५.५ अंक छ । छैटाँै चरणमा आनन्द र नेपालका विलमलाल श्रेष्ठबीच बराबरी भयो । इस्लामले छैटौँ चरणमा भारतीय आइएम अतानु लहारीलाई हराए । इस्लामलाई अन्तर्राष्ट्रिय मास्टर शीर्ष वरीयताका अलेक्जेन्डर बल र मनीष हमालले ६ अंकसहित पछयाइरहेका छन् । अलेक्जेन्डरले छैटाँै चरणमा सुरवीर लामासँग बराबरी गरे भने साताँै चरणमा विलमलाल श्रेष्ठलाई पराजित गरे । कमजोर सुरुआत गरेका मनीषले मंगलबार दुवै खेलमा जित हात पारे । छैटाँै चरणमा प्रकाश नेपाल तथा सातौँ चरणमा सुदीप वज्राचार्यलाई हराए ।
प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका एक मात्र नेपाली खेलाडी सुरवीर लामाले सातौँ चरणमा केशव श्रेष्ठसँग बराबरी गरे । केशव, सुरवीर, सौभिक चक्रवर्ती, मदनकृष्ण कायस्थ, राजेन्द्रप्रसाद श्रेष्ठ र कृष्ण थापाको ५.५ अंक छ । केशवले छैटौँ चरणमा रोनिक मण्डललाई पराजित गरे । सौभिकले मणिराज डाँगीसँग बराबरी गरे भने अभिषेक सोनुलाई पराजित गरे । मदनकृष्ण कायस्थले सोन्कलन भारती र बद्रीलाल नेपालीलाई पराजित गरे । राजेन्द्र प्रसादले दिनेश श्रेष्ठ र गणेशमान दुवाललाई पराजित गरे । कृष्णले श्यामसुन्दर श्रेष्ठ र मणिराज डाँगीलाई पराजित गरे । अतानुका साथमा विलमलाल, सुदीप, अभिषेक, राजन, अन्तरिप र मिलनको समान ५ अंक छ ।

प्रतिक्रिया