त्रिशुलीमा एम्बुलेन्स र चालक वेपत्ता

नुवाकोट, २४ भदौ । नुवाकोट जिल्लामा त्रिशुली नदीमा खसेर आज एम्वुलेन्स र चालक बेपत्ता भएका छन् ।
चारघरे–२ स्थित सडकबाट बा. ८ च ७९६० नम्बरको एम्बुलेन्स मध्यान्ह १२ बजे अचानक त्रिशुली नदीमा खस्न गई चालक चन्द्रबहादुर लामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चालकसँगै एम्बुलेन्स पनि डुबेर बेपत्ता भएको छ । स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेनाको सहयोगमा चालक र एम्बुलेन्सको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया