नेपालको दोस्रो जित

इस्तानबुल, २० भदौ । टर्कीमा जारी ४०आँै ओलम्पियाडमा नेपालले दोस्रो जित हात पारेको छ । छैटाँै चरणको खेलमा नेपालले मकाउलाई २.५–१.५ ले पराजित गर्‍यो । नेपालका राष्ट्रिय च्याम्पियन मनीष हमालको कमजोर प्रदर्शन भने यथवत् कायम रहयो । हमाल हेलिसन पुगोबागयन (२०९१) सँग पराजित भए । लामो विश्रामपछि खेलेका प्रचण्ड मालाकारले क्यान्डिडेट मास्टर जासेफ मेरी मुटारियालाई पराजित गरे । शीर्ष वरीयताका नेपाली खेलाडी केशव श्रेष्ठले ली हुईलाई पराजित गरे । रूपेश जयसवालले अर्का क्यान्डिडेट मास्टर बनान्डिनो सेलिसलसँग बराबरी गरे । नेपालले सातौँ चरणमा बलियो टोली इस्टोनियासँग खेल्नेछ ।
प्रतियोगितामा रुस, अर्मेनिया र अजरबैजानको ११ म्याच प्वाइन्ट लगातार पाँच खेलमा जित हात पारेका अर्मेनिया र रुसको बीचमा छैटौँ चरणमा बराबरी भयो । पहिलो बोर्डमा पूर्वविश्व च्याम्पियन भ्लाडिमिर क्रामेनिकले शीर्ष वरीयताका खेलाडी लेभन आरोनियनलाई पराजित गरे । रुसका अलेक्जेन्डर गिरिस्चुक सर्जी मिसुभुनसँग पराजित भए । सर्जी क्रजिकिन र भ्लाडिमिर आकोपिन तथा गाब्रियल सार्गिसिन र डिमिट्री जाकोभेन्कोबीचको खेलमा बराबरी भयो । साताँै चरणमा रुसले अजरबैजानसँग खेल्नेछ भने अर्मेनिया र चीनबीच खेल हुनेछ । अरबैजानले छैटाँै चरणमा क्रोएसियालाई ३–१ ले पराजित गर्‍यो । चीन, फिलिपिन्स, युक्रेन, हंगेरी र स्पेनको १० अंक छ । जर्मनी, माल्डोभा, भारत, अमेरिका, फ्रान्स, इंगल्यान्ड, मेक्सीको, क्रोएसिया, अर्जेन्टिना, जर्जिया, टर्की, उज्वेकिस्तान, इटाली, इजरायल र फाइरमको नौ अंक छ ।
महिलातर्फ रुस र पोल्यान्डको ११ अंक छ । छैटाँै चरणमा चीन र रुसबीच बराबरी भयो । पोल्यान्डले सर्वियालाई ३.५–१.५ ले पराजित गर्‍यो । चीन, युक्रेन, जर्जिया, फ्रान्स र भियतनामको १० अंक छ । हंगेरी, ग्रिस, सर्विया, स्पेन, स्लोभाकिया, स्पेन, भारत, इस्टोनिया र उज्वेकिस्तानको ९ अंक छ । यसैगरी, मोन्टेनेग्रो र पेरुको पनि ९ अंक छ । छैटौँ चरणमा भारतले जर्मनीलाई ३–१ ले पराजित गर्‍यो । एजेन्सी

प्रतिक्रिया