चट्याङ लागेर दुई युवतीको मृत्यु

सुनसरी, १६ भदौ । सुनसरी जिल्लामा चट्याङ लागेर आज विहान दुई युवतीको ज्यान गएको छ ।
चट्याङ लागेर ज्यान जानेमा भरोल–६ बस्ने १६ वर्षीया गंगा खड्का र २५ वर्षीया लक्ष्मी खड्का रहेका छन् । उनीहरु विहान साढे सात बजे परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।
घाईते दुवै युवतीको घोपा अस्पताल धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया