हुम्लामा बाढीपहिराले दुई घरमा क्षति

हुम्ला, १५ भदौ । अविरल वर्षा र पहिरोका कारण सिमीकोट–९ स्थित भीमबहादुर राउत र रङग शाहीको घरमा क्षति पुगेको छ ।
पानीका कारण घर भत्कीदा लत्ताकपडा, भाँडाकुडा र अन्नबालीसमेत नष्ट भएका छन् । घर तत्कीदा करिव दुई लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
हुम्लामा लगातार वर्षा भइरहे पछि आवतजावतमा समेत प्रभाव परेको छ । बर्षाले गर्दा बाटो बन्द भएको छ भने कोदो र चिनुबाली पनि असर पुराएको छ ।

प्रतिक्रिया