अध्यादेश ल्याउने अधिकार छैनः सिटौला

भद्रपुर, १० भदौ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमति नगरेर अध्यादेश ल्याउने अधिकार बर्तमान सरकारलाई नरहेको बताएका छन् ।
गृह जिल्ला झापाको भद्रपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले संक्रमणकालीन अवस्थामा कामचलाउ सरकारलाई अध्यादेश जारी गराउन सिफारिस गर्ने अधिकार नरहेको उल्लख गरेर । उनले भने, ‘अध्यादेश राजनीतिक दलहरुसँग सहमति गरेर ल्याउनु पर्छ ।’
उनले मुलुकलाई संक्रमणबाट निकास दिन राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताए ।
केही दिनका लागि संविधानसभा पुनःस्थापना गर्नुपर्ने वा राष्ट्रपतिमा निहित बाधा हटाउने अधिकारको प्रयोग गरी संवैधानिक अबरोध हटाउन सुझाव दिएका सिटौलाले राष्ट्रिय सहमतिको सरकारले संविधानसभाको निर्वाचनमा जाने बाटो खोल्न सक्ने बताए ।
उनले भने, ‘राजनीतिक सहमति नगरेर सरकारले एकलौटी रुपमा घोषणा गर्ने निर्वाचनमा दलहरु सहभागी हुन सक्दैनन् ।’

प्रतिक्रिया