बाँदरलाई हान्दा छोराको मृत्यु

अर्घाखाँची, ९ भदौ । अर्घाखाँचीमा बाँदर भगाउन प्रहार गरेको गोली लागेर एक बालकको मृत्यु भएको छ ।
सिधरा–८, सिलिङखोला बस्ने ४५ वर्षीय गुप्तबहादुर पुलामीले आज विहान ७ बजे बाँदरलाई प्रहार गरेको भरुवा बन्दुकको गोली आफ्नै १२ वर्षीय छोरा चित्रबहादुर पुलामीलाई लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको हत्या गर्ने गुप्तबहादुरलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया