सेरेनाको तीन महिनापछि पहिलो हार

लन्डन, ३ भदौ । ओलम्पिक च्याम्पियन सेरेना विलियम्स तीन महिनायता पहिलो हार व्यहोर्दे सिनसिनाटी मास्टर्स टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएकी छन् । जर्मनीकै एन्जलेकी कर्बरले अमेरिकी विश्वस्टार सेरेनाको १९ खेलको अपराजित यात्रा टुंग्याएकी हुन् । यता सेरेनाकी दिदी भेनस भने युएस ओपन च्याम्पियन समन्था स्टोसुरलाई हराएर सेमिफाइनल पुगिन् ।
कर्बरविरुद्ध सेरेना ६–४ र ६–४ ले विजयी भएकी हुन् । यो वर्ष सेरेनाको यो चौथो हार हो । वर्षको दोस्रो ग्रान्डस्लाम प्रेmन्च ओपनमा पहिलो चरणमा हार व्यहोरेयता सेरेना आफूले खेलेका सबै खेलमा विजयी भएकी थिइन् । केही दिनअघि सम्पन्न लन्डन ओलम्पिक खेलकुदमा सेरेना महिला एकल र युगलतर्फको स्पर्धामा स्वर्णपदक जित्न सफल भएकी थिइन् । प्रेmन्च ओपनमा खराब प्रदर्शन गरे पनि त्यसयता सानदार यात्रा तय गर्ने क्रममा उनले विम्बल्डन र स्टाम्फोर्ड ओपन जितेकी थिइन् । हारपछि पनि सेरेना सन्तुष्ट देखिइन् । ‘आजको खेल नजितेकोमा मैले सबैभन्दा उत्तम काम गरेँजस्तो लागेको छ,’ सेरेनाले भनिन्, ‘मेरो शरीरले नै अब आराम लिनू भनिरहेको थियो ।’ विम्बल्डन सुरु भएयता सेरेनाले एकल र युगल दुवैतर्फ गरी ३१ खेल खेलिसकेकी छन् । एक पार्टी मनाउने क्रममा सिसाले खुट्टा काटेपछि जीवनमरणकै दोसाँधमा पुगेकी सेरेना विम्बल्डन जितेर टेनिसकोर्टमा आफू उत्तिकै बलियो रहेको पुष्टि गरेकी थिइन् । उनले १४ ग्रान्डस्लाम उपाधि जितेकी छन् ।
यस वर्ष आफूले खेलेका १७ मध्ये १२ प्रतियोगितामा कम्तीमा क्वार्टरफाइनल पुगेकी कर्बरले आफूले खेल जित्न सक्दो मिहिनेत गरेको बताइन् । ‘सेरेना पछिल्लो समय राम्रो लयमा छिन्,’ कर्बरले भनिन्, ‘मैले मिहिनेत गर्न कुनै कसर बाँकी राखिन ।’ उनले फाइलन प्रवेशका लागि चेक गणतन्त्रकी पेट्रा केभिटोभाको सामना गर्नेछिन् । केभिटोभाले अन्तिम आठमा रसियाली अनास्टासिया पेभ्ल्युचेन्कोभासँगको प्रतिस्पर्धामा ६–३ र ७–६ ले विजयी भइन् ।
भेनस स्टासुरविरुद्ध प्रतिस्पर्धात्मक रहेको खेलमा ६–२, ६–७ र ६–४ ले विजयी भइन् । भेनस गत वर्षको युएस ओपनयता पहिलोपटक कुनैपनि प्रतियोगितामा सेमिफाइनल पुगेकी हुन् । ‘यो धेरै सेमिफाइनल यात्राको सुरुआत हो ।’ आफूले लय समाएको बताउँदै भेनसले भनिन्, ‘अब फाइनल प्रवेशका लागि पनि सक्दो प्रयास गर्नेछु ।’ उनले सेमिफाइनलमा चिनियाँ खेलाडी ली नाको सामना गर्नेछिन् ।
शीर्ष वरीयताप्राप्त अग्निएस्का राड्वान्स्कालाई हराउँदै नाले यात्रा अगाडि बढाएकी हुन् । काँधको चोटका कारण लयबाहिर रहेकी पोल्यान्डकी राड्वान्स्काविरुद्ध नवाँै वरीयताकी ना ६–१ र ६–१ ले विजयी भइन् । एक समय महिला टेनिसमा राज गरेकी जस्टिन हेनिनलाई लामो समय प्रशिक्षण गरेका कार्लोस रोड्रिगुइजले हालसालैदेखि प्रशिक्षण दिन सुरु गरेपछि ना राम्रो लयमा देखिएकी छन् । एजेन्सी

फेडेरर र जोकोभिक सेमिफाइनलमा
यता पुरुष स्पर्धातर्फ विश्व नम्बर–१ रोजर फेडेरर र विश्व नम्बर–२ नोभाक जोकोभिक सेमिफाइनल पुगे । अमेरिकाका मर्डी फिसलाई सोझो सेटमा पराजित गरी फेडेररले पाँचाँैपटक यो प्रतियोगिता जित्ने अभियान कायमै राखेका हुन् । यस वर्ष छैटाँै उपाधि जित्न प्रयास गरिरहेका फेडेररले फिसलाई ६–३ र ७–६ ले हराए ।

प्रतिक्रिया