काठमाडौं, ३२ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने क्रममा प्रहरी हस्तक्षेप भएको भन्दै एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले अनिश्चितकालीन चितवन बन्द आह्वान गरेको छ ।
बन्दका कारण सैयौं सवारी साधन तथा हज्जारौं यात्रु विच बाटोमै अलपत्र परेका छन् । पूर्वी चितवन, रामनगर, नवलपरासीको गैंडाकोटलगायतका क्षेत्रमा सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
काठमाडौं फर्कन विमान स्थल तर्फ जाने क्रममा आज युवा/विद्यार्थीले भट्टराईलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेपछि स्थिति तनाव पूर्ण बनेको हो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ । शान्ति पूर्ण प्रदर्शनमा दमन गर्ने स्थानीय प्रहरी प्रशासनले माफी माग्नु पर्ने भन्दै मध्यान्ह १२ बजेदेखि अनिश्चितकालीन चितवन बन्द गरेको संघले जनाएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै युवा/विद्यार्थीले चितवनमा केही सवारी साधन माथि तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीले एउटा टेम्पोमा आगो लगाएको प्रारम्भीक जानकारी आएको छ ।
प्रतिक्रिया