राजनीतिक अस्थिरताका कारण युवा बेरोजगार

काठमाडौं, २८ साउन । उपराष्ट्रपति परमानन्द झाले राजनीतिक अस्थिरता, असुरक्षा तथा बेरोजगारीका कारण दैनिक सयौं युवा विदेश जाने गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले विदेश पलायन हुने युवालाई रोक्नसके मात्रै मुलुकको उन्नती र विकास सम्भव हुने बताए ।
उपराष्ट्रपति झाले भने, ‘राजनीतिक खिचातानीलाई छाडेर उत्पानशील क्षेत्रमा लगानी गर्नु पर्छ ।’
विदेशीएका लाखौं युवालाई स्वदेशमा रोजगारी सृजना गर्न नसक्नु नेपालको प्रमुख चुनौती रहेको उनको भनाई छ ।
उनले भने, ‘युवालाई रोजगारीका लागि उत्पादनशील क्षेत्रमा सरकारले लगानी गर्नु पर्छ ।’

प्रतिक्रिया