जन्म दिने आमाको हत्या

काठमाडौं, २७ साउन । काठमाडौंको थानकोटमा एक युवकले आफ्नै जन्म दिने आमाको हत्या गरेका छन् ।
थानकोट–९, टेकनपुर बस्ने २४ वर्षीय महेश बलामीले आमा ५० वर्षीया गंगामाया बलामीको आज विहान ६ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।
छोरा महेशको हँसिया प्रहारबाट गम्भीर घाइते भएकी गंगामायालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
जन्म दिने आमाको हँसिया प्रहार गरेर हत्या गर्ने छोरा महेशलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया