आमिरले रुवाए सन्नीलाई

ब्लु फिल्मको दुनियाँमा जमेकी भारतीय मूलकी क्यानेडाली अभिनेत्री सन्नी लियोनलाई खुसी पार्न को चाहँदैन होला र ? भर्खरै रिलिज भएको जिस्म–२ मा अभिनय गरेकी सन्नीले फिल्म छायांकनको बीचमै कन्डमको विज्ञापनमा अभिनय गरेर निकै ठूलो चर्चा बटुलेकी थिइन् । बलिउडमा ‘रोमान्स’की प्रतीक बेनेकी सन्नीलाई बलिउड हस्ति आमिरले भने रुवाएका छन् ।
गाली गरेर अथवा व्यंग्य गरेर आमिरले सन्नीलाई रुवाएका भने होइनन् । आमिरको व्यक्तित्वले उनलाई त्यस्तो गर्न कहाँ दिन्थ्यो
र † सन्नीलाई रुवाएको हो, आमिरको अभिनयले । आमिरको अभिनय देखेर आफू रुने गरेको सन्नी स्वयंले स्वीकार गरेकी छन् । जिस्म–२ को प्रमोसन कार्यक्रममा उनले भनिन्, ‘आमिर अद्भुत छन्, स्क्रिनमा जतिपटक उहाँलाई रोएको देखेको छु, त्यतिबेला मेरा पनि आँखा रसाएका छन् ।’ रुने सबालमा आमिरलाई भारतमा कसैले नभेट्ने सन्नीले बताइन् । ‘उहाँलाई रोएको देख्दा ‘बिन्ती, चुप लाग्नुस्’ भन्न मन लाग्छ । तर, उनी निकै हैसियतदार मानिस हुन् । मलाई त लाग्छ कि रुने सबालमा उनलाई भेट्ने भारतमा कोही छैनन्,’ सन्नीले भनिन् । यसो भनेर उनले आमिरको प्रशंसा गरिन् कि खिल्ली उडाइन्, सुन्नेजति सबै अलमल्ल परेका छन् । (एजेन्सी)

प्रतिक्रिया