रचनाहरू पुरानै आख्यानका गायत्रीमन्त्र

बालकुमारी मन्दिरबाट भित्र छिरेपछि भेटिन्छ कुमार नगरकोटीको डेरा । त्यही डेरामा हरदम चुरोट र ब्ल्याक कफी पिउदै कथा लेखिरहेका हुन्छन् उनी । नया पुस्ताका शक्तिशाली कथाशिल्पी नगरकोटी आफूलाई कथाकार होइन फिक्सन डिजाइनर भन्न रुचाउछन् । ३ डिसेम्बर १९७४ मा जन्मेका उनको पहिलो कथासंग्रह ‘मोक्षान्त : काठमान्डु फिभर’ले काठमाडौंका पाठकलाई कथाको ज्वरोले छपक्कै छोप्यो । अनेक सिद्धान्तका ठेली र शास्त्रका माझ उनी लेखिरहेछन् नितान्त नौला कथा । आफ्ना कथाले नयाा पाठकमाझ भुइचालो ल्याइदिएको सम्झेर नगरकोटी आफौ जिल्लिन्छन् र फेरि सल्काउछन् खुकुरी चुरोट ।

कथा/कविताका पुराना दिनहरू कस्ता थिए ?
पुराना दिनहरूमा म डायरी–लेखक थिएँ । के–के कोरी बस्थँे । वास्तवमा, अतीतमा म केही पतितमार्गी थिएँ । कविता मेरो प्रथम प्रेम † तर, विवाह गरियो कथासित । कथासित, आख्यानसित घरजम गरेँ । केही सन्तानहरूको बाउ बनेँ । यत्ति हो, त्यो एकान्तवासी डायरी–लेखक कालान्तरमा फिक्सन डिजाइनर बन्यो ।
कतिपयले नगरकोटीलाई आधुनिक आख्यानको ‘फिभर’ भनेको मैले सुनेको छु, कुरा के हो ?
(लामो मस्त हाँसो) रोचक कुरा सुनाउनुभयो । कमसेकम नेपाली साहित्यको क्यान्सर, क्षयरोग, एड्स नगरकोटी होइन रै’छ । ती ‘कतिपय’लाई धन्यावाद नै भन्नुपर्ला । फिभर ठिकै हो । नेपाली आख्यानको सामान्य ज्वरो हुँ सायद ।
तपाईंले ‘सिल्भिया,’ ‘मोक्षान्त: काठमान्डु फिभर,’ ‘तिम्रो मृत्युको समाचार’, या भनूँ ‘खप्पर’जस्ता नौला कथाहरू लेख्नुभएको छ । यस्ता नवीन शैलीका कथाहरू तपार्इंको कथित खप्परमा कसरी जन्मिन्छन् ?
मलाई सदा अफ–बिट चिजहरू मनपर्‍यो । अनयुजुअल एवं अनअफिसियल । औपचारिक चीजहरूले मलाई सदा आकर्षित गर्छन् । विश्व साहित्यको अध्ययन गर्दा म केही काल अलमलिएँ । सबैले लेखिसकेकै हुन््, अब मैलेचाहिँ के पो लेख्ने होला † फ्रान्ज काºका, मार्खेजका कथा, उपन्यास एवं गिन्सवर्गका कविताहरू पढेपछि समाधान भेटेझँै लाग्यो । अहो † यस्तो पनि लेख्न सकिँदो रै’छ † जेम्स जोयस, भर्जिनिया उल्फहरूलाई पढेपछि यसरी पनि लेख्न सकिँदो रै’छ भन्ने लाग्यो । हेमिङ्वेले सम्झाइदियो–आºनो रुचिको कुरा लेख । मैले आºनो शैली भेट्टाएँ । रुचिगत लेखनमा अभ्यास गर्दागर्दै ‘सिल्भिया’, ‘खप्पर’जस्ता कथाहरू आए ।
तपाईंको शैली एउटा ट्रेडमार्कजस्तो भएको छ, पछिल्लोपटक पत्रपत्रिकामा छापिने तपार्इंका क्याजुअल– लेखहरू ‘हिट’ भैइरहेका छन् । यस्ता नयाँ ढाँचाका टेक्स्टहरू लेख्नु भनेको साहित्यिक जोखिम मोल्नु होइन र ?
मलाई नयाँ–नयाँ प्रयोग गर्न मन पर्छ । यसले तपार्इंलाई रिफ्रेस गर्छ । नत्र मोनोटोनस हुने सम्भावना हुन्छ । निश्चित प्याटर्नमा बसी, सूत्रमा आबद्ध भई म लेख्न जान्दिनँ । कथा–लेखनको पारम्परिक फम्र्याटमा म कतै पनि फिट छैन । स्विकार्छु । रह्यो कुरा जोखिमको । गत वर्षको अन्तर्राष्ट्रिय लिट्रेरी फेस्टिभलमा नारायण ढकालले मलाई यस्तै खालको प्रश्न सोध्नुभयो । ‘नगरकोटीले नेपाली साहित्यमा ठूलो जोखिम उठाएको छ, तपार्इंको चैँ के भनाइ छ’ भनी सोध्नुभयो । म ट्वाँ परेँ । त्यसबेला मैले त्यो प्रश्नको झुर जवाफ दिएँ ।
अनि † तपाइंले जोखिम नै उठाउनु भा’ हो त ?
नारायण ढकालको प्रश्नले मलाई धेरै रन्थनायो । हु केयर्स † भन्दै म केही दिन आफूदेखि टाढिँदै गएँ । तर, एकदिन जवाफ पाएँ । स्वर्गीय गोविन्दबहादुर मल्ल ‘गोठाले’ले मेरो अन्योलताको समाधान गरिदिए । ०५३, ०५४ सालतिर हो क्यारे † समकालीन साहित्यमा उहाँको अन्तर्वार्ता छापिएको थियो । गोठालेले भनेको कुरा फेरि पढेँ । नेपाली साहित्यले गर्व गर्न लायक ती आख्यानकार गोठालेले यसो भनेका रहेछन्– लेखक भएपछि लिंग बाँकी रहँदैन । म तर्सें । बाफ रे † लेखक भएपछि लिंगै बाँकी नरहने † बडो डेन्जरस् । लेखक पेसा जोमिखपूर्ण नै हुन्छ । म मात्रै किन ? हरेक सचेत लेखकले जोखिम उठाउनै पर्छ । तब न केही नयाँ आउने सम्भावना रहन्छ †
नेपाली कथामा के खट्किरहेको छ ? लाग्छ, तपार्इं नेपाली कथाकारहरूको कथाबाट सन्तुष्ट हुनुहुन्न ?
कुरा यसो हो । म पहिले पाठक हुँ । त्यसपछि मात्र सो–कल्ड राइटर † वास्तवमा, कहिलेकाँही लाग्छ– म सक्रिय पाठक हुँ र निष्क्रिय लेखक । पाठकको दृष्टिबाट हेर्दा मैले आफूलाई सन्तुष्ट गर्ने उपाय भेटिनँ । सधैँ गुरुप्रसाद मैनालीको इलाबोरेटेड फर्म कति पढिरहने † समथिङ नयाँ आओस् न † नेपाली साहित्यले छलाङ मारोस् । तर, त्यस्तो केही भएन । मेरो पुस्ताको पाठक कहाँ कहाँ पुगिसक्यो, मेरा पूजनीय लेखकचाहिँ पुरानै आख्यानका गायत्री मन्त्र जपिरहने ? युग सुहाउँदो त भएन † नेपाली कथाकारले पाठकको सामूहिक–मनोदशा हेरेर कथा लेखिरहेझँै लाग्यो । तर, यो नराम्रो कुरा भने होइन । जस्तो कि नेपाली फिल्महरूमा हुन्छ नि † कथाको मागअनुसार † कथाको मागअनुसार नायिकाहरूले आºना ‘पर्सनल–ट्रेजरहरू’ जति देखाए पनि भैगो † चलचित्रमा त्यो देखाउन मिल्ला । दर्शकहरूले क्षणिक ताली पनि बजाउलान् । तर, साहित्यमा ? पाठकहरूको मागअनुसार मैले यो उपन्यास, कथा, कविता लेखँे भन्न मिल्दैन । साहित्य त एक कस्मिक–कर्म हो । कस्मेटिक होइन ।
तपाइंको उपस्थितिले नेपाली साहित्यलाई फाइदा के/घाटा के ?
यो झुर प्रश्न हो ।
तैपनि † यो त कुनै जवाफ भएन, उत्तर दिन त मिल्ला नि † म नेपाली साहित्यको दुर्घटना हुँ ।
यो उर्वर लेखनकालमा कोही प्रतिद्वन्द्वी छ जस्तो लाग्छ कि लाग्दैन ?
कम्प्यारिजन किल्स योर अथन्टिसिटी । अब अरू के भनूँ– म अलि ‘ठिस’ टाइपको मान्छे परँें । केही अडबाङ्गे । नेपाली साहित्यमा के–के गरुँला, ठूलो योगदान, गुन लाउँला भन्ने मेरा कुनै कामना वा इच्छा छैन । मलाई लिट्ररी फ्रेटर्निटी मनपर्छ । साहित्यिक भाइचारा मनपर्छ । मलाई कुनै सो–कल्ड मदन पुरस्कार वा तथाकथित मोती पुरस्कार जित्नु छैन । कुनै सच्चा पाठकको मन जिते त्यही मेरो पुरस्कार । कुमार नगरकोटी हुनु/नहुनुले नेपाली साहित्यमा कुनै तात्त्विक फरक पर्ने पनि होइन । सेक्सपियर बूढाले भनेकै छन् नि– संसार एक रंगमञ्च हो । साहित्य पनि एक रंगमञ्च नै हो । लेखक, कवि, समालोचक इत्यादिहरूले आ–आºनो भूमिका निभाउने हो र जाने हो । नगरकोटी ‘हट–केक’ भएको कुरा गर्नुभयो । तर, यथार्थ के हो भने सबै क्षणिक हुन् । क्षणभंगुर न हो । अब, प्रतिद्वन्द्वी खोज्ने फुर्सद कसलाई र किन पो चाहियो ? सब मिथ्या–कथा हो । मिथ–गाथा हो ।
अघिल्लो पिँढी, जस्तो देवकोटा, भूपी, रिमालहरूलाई हामीले एउटा मानक–स्तम्भका रूपमा दिमागी पत्रे–चट्टानमा सुरक्षित राखेका छौँ । पछिल्लो चरणमा त्यस्ता स्तम्भ कोही छन् ? अझ भनूँ, तपाईंको पुस्तामा ?
तपाईंले नाम लिएका महान् स्रष्टाहरू समय र इतिहासले रचना गरेका लिट्रेरी जाइन्टहरू हुन् । नेपाली साहित्यिकै धरोहर । साहित्यको इतिहासमा त्यस्ता अवसरहरू आउँछन्/जान्छन् । त्यस्तै क्यालिबर र प्रतिभासम्पन्न अहिलेका, मेरो पुस्ताका स्रष्टाहरूमा नहुन सक्छ वा बढी पनि हुन सक्छ । अहिलेको कुरा गर्दा, समकालीन साहित्यिक सिनारियोमा केही युवा लेखकहरू प्रशस्त उत्साह, ऊर्जा, उमंग लिई आºनो सशक्त उपस्थिति देखाइरहेका छन् । नामै लिनुपर्दा श्रवण मुकारुङ, मनु मञ्जिल, विप्लव ढकाल, रोशन शेरचन, बुद्धिसागर, भीष्म उप्रेती, मोमिला, राजन मुकारुङ, अमर न्यौपाने, आन्विका गिरी, सीमा आभास, मनिषा गौचन, स्वर्गीय स्वप्नील स्मृति, अभय श्रेष्ठ, अनमोलमणि, युग पाठक इत्यादि लेखकहरू युगलाई आºनो मुठ्ठीमा लिन तयार छन् । ती नवीन चेतना, विचार एवं आ–आºना आस्थासहित आएका छन् । स्कुल अफ थट्स विभिन्न फूलबारीमा फुलेका होलान् । यो मेरो पुस्ता हो । यी नामप्रति मलाई गर्व लाग्छ किनभने मैले यिनै स्रष्टाहरूको समयमा केही साहित्यिक–डिजाइनका कुराहरू गरेँ । यी चेतनासम्पन्न स्रष्टाहरूमाझ म अलिकति भए पनि हुर्किएँ । भविष्यको के कुरा † हु द हेल्प केयर्स अबाउट भविष्य † वर्तमान यिनीहरूकै हो ।
आफ्नो ब्युटिफुल पुस्ताको ब्युटिफुल कुरा/चर्चा गर्नुभयो । यिनीहरूको ब्युटिफुल समस्याहरू पनि होलान् नि † सुनौँ न ?
समस्या के हो भने यीजस्ता प्रतिभाशाली लेखकहरूबारे समालोचकहरू लेख्न, बोल्न रुचाउँदैनन् । विश्वविद्यालयका शास्त्रीय शैलीका साम्राज्यवादी समालोचक, प्राज्ञ, विद्धान्हरूले यी लेखकहरूलाई वास्ता गर्दैनन् । अनि ‘छु मतलब’ भन्छन् । बालै भएन जस्तो शास्त्रीय व्यवहार गर्छन् । मेरो पुस्ताको लेखक जिउँदो, जीवित हुनु नै उसको भूल हो जस्तो पो भो ए गाँठे † साहित्यिक मूल्यांकनका निम्ति यो पुस्ता मर्नै पर्ने हो ? भूतपूर्व वा स्वर्गीय हुर्नैपर्ने हो ? बडो हास्यास्पद पो छ त † तर, ब्युटिफुल कुराचाँहि के हो भने यो पुस्ता अरू सबैको आ–आºनो पुस्ताझँै, अग्रजहरूलाई सम्मान गर्दै अगाडि बढ्दै छ । आºनो नवीन विद्रोही चेतनाकासाथ ।
सधँै घाटतिर गइरहने मान्छे तपाइं । कहिल्यै आत्महत्या गरुँजस्तो लागेन ?
घाटमा जाने फकिरहरू आत्महत्या गर्दैनन् । तपाईंलाई भनूँ क्यारे † घाटमा म आफूलाई अझ जीवन्त पाउँछु । अस्तित्वको नजिक पाउँछु । घाटले मलाई क्षणभंगुरताको संकेत गर्छ । क्षणक्षणमा मस्तसित, आनन्दकासाथ जिउने कला मलाई घाट–भ्रमणले दिन्छ । वाल्ट ह्विट्मेनले भनेझैँ– आई सेलिब्रेट माइसेल्फ †
तपार्इंले आफ्ना कथामा सेक्सलाई बढी नै स्थान दिनुहुन्छ । लेखक सेक्सले बाँच्ने हो कि लेखनको स्तरले ?
म चाहन्छु, मैले क्रिएट गरेका डिजाइनहरूमा सेक्स आओस् । छाओस् । ती टेक्स्टहरू इन्टेलेक्चुअल्ली एवं स्प्रिच्युअल्ली सेक्सी होऊन् । विभिन्न कथाहरूमा मैले सेक्सलाई चलाएको छु तर उद्देश्यपूर्ण रूपमा । रह्यो कुरा बाँच्ने † लेखक बाँच्ने भनेको लेखनको स्तरले नै हो । यसमा कसैको दुईमत नहोला † नत्र मैले किन मिलान कुन्देरा, गोर्की, लु सुनहरूलाई रिपिट गर्दै पढ्ने ? नारायण ढकाल, खगेन्द्र संग्रौला, श्यामल, विमल निभा, नयनराज पाण्डे, अविनाश श्रेष्ठ, मनु ब्राजाकी, हरि अधिकारी, धु्रवचन्द्र गौतम, परशु प्रधानहरूलाई पढ्न म किन लोभिन्छु र अनायासै †
धर्म, ईश्वरप्रति तपाईंको के धारणा छ ? साहित्यमा धर्मको स्थान कस्तो हुनुपर्छ ?
धर्म, ईश्वरप्रति मेरो उतिसारो रुचि छैन । म धार्मिक जन्तु पनि होइन । तर, पनि कठमाडौंका विभिन्न मन्दिर, गुम्बा, चर्च, मस्जिदहरूमा फिरन्ता बनी समय–समयमा गइरहेकै हुन्छु, केवल आध्यात्मिक सुखका निम्ति । मलाई आनन्द लाग्छ । गुम्बामा ध्यान गर्नु, मन्दिरमा घन्टा बजाउनु, चर्चमा कोरस–प्रार्थना गर्नु अनि मस्जिदमा याहु अल्लाह गर्न मलाई मन पर्छ । तर, म धार्मिकचाँहि अफिसियल्ली होइन । तर, साहित्यमा, दर्शनशास्त्रमा, धर्म, ईश्वर, सेक्सका विभिन्न आकर्षक ‘स्टाटस’हरू छन् । फ्रेडरिक नित्सेको ‘गड इज डेड’ भन्ने उखानले विश्व खायो । यो एक दार्शनिक अतिवाद थियो । ‘धर्म अफिम हो’ भन्ने स्टेटमेन्ट पनि सर्वकालीन हिट मन्त्र भयो । यो पनि अर्को अतिवाद थियो । मानिसका आदिम रुचिलाई धर्मले, ईश्वरले, सेक्सले सम्बोधन गर्ने हुन् । त्यसैले त ‘अरेस्टिङ गड इन काठमाडौं,’ भनेपछि शीर्षकले नै आकर्षण गरिहाल्छ । त्यसको लेखक सम्राट उपाध्याय होस् या सो–कल्ड टम, डिक एन्ड ह्यारी † मैले ‘गड इन अ ब्रोथल इन अ कºर्यु नाइट’ अथवा ‘सेक्स इन द घाट’ नाम गरेको कथा या उपन्यास लेखेँ भने त्यसै हिट होला । साहित्यमा धर्मको स्थान के हुनुपर्छ भन्ने तपाईंको प्रश्नमा यत्ति नै भन्नुपर्ला, साहित्य विशुद्ध अधार्मिक भएकै राम्रो । अराजक र विद्रोही भएकै राम्रो ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया