मुर्रेलाई स्वर्ण

लन्डन, २२ साउन । लन्डन ओलम्पिकमा महिला युगलतर्फ टेनिसको स्वर्णपदक जितेर अमेरिकी विलियम्स दिदीबहिनी सेरेना र भेनस चार ओलम्पिकमा टेनिसमा स्वर्णपदक जित्ने पहिलो खेलाडी भएका छन् । महिला एकलतर्फ विजेता भएर ओलम्पिक स्वर्णपदकको धोको पूरा गरेकी सेरेना २४ घन्टालगत्तै दिदी भेनससँगको जोडीका रूपमा स्वर्णपदक जितेकी हुन् । यो अमेरिकी जोडीले चेक गणतन्त्रको एन्ड्रिया लेभास्कोभा र लुसिए राडेस्काको जोडीलाई फाइनलमा हराउन सफल भएको हो ।
यसैबीच टेनिसकै एकल पुरुषको खेलमा आयोजक बेलायतका एन्डी मुर्रैले स्वीजरल्यान्डका रोजर फेडरेरलाई ६–२ र ६–१ को सोझो सेटमा हराई स्वर्ण पदक जित्न सफल भएका छन् । यो जितसँगै मुर्रेले विम्बल्डनमा फेडररसँगको हारको बदला लिएका छन् ।

प्रतिक्रिया