काठमाडौं, २१ साउन । सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई दायित्वबाट मुक्त गर्ने सम्बन्धी रिटलाई खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारीको एकल इजसालले आज सो रिट खारेज गरिदिएको हो । संविधानसभा र व्यवस्थापिका संसद नरहेको अवस्थामा राजनीतिक सहमतिबाट प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिका नाममा निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।
संसद नरहेको अवस्थामा रिट उठाइएको पूर्ण राजनीतिक विषयमा प्रवेश गरी अदालतले निर्णय गर्न मिल्ने अवस्था नहुँने सर्वोच्चले जनाएको छ ।
प्रतिक्रिया