आगलागीमा परेर ४ जना घाइते

काठमाडौं, १९ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–३ मा विद्युत सर्ट भएर आगलागी हुँदा चार जना घाईते भएका छन् ।
बेखलाल महर्जन र कृष्णलाल महर्जनको घरमा बिद्युत सर्ट भएर आज विहान करिव ३ बजे आगलागी हुँदा ४ जना जलेर घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घर जल्दा अन्दाजी ३० लाख रुपियाँ बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।
जलेर घाइते हुनेमा ५५ वर्षीय कृष्णलाल महर्जन, ५२ वर्षीया हीरामती महर्जन, ७ वर्षीया सुवाना महर्जन र १३ वर्षीय सुलभ महर्जन रहेका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका कृष्णलाल र हीरामतीलाई उपचारका लागि त्रि.बि. शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।
सामान्य घाइते सुवानालाई कान्ति बाल अस्पताल र सुलभको कीर्तिपुरस्थित मोडेल अस्पताल उपचार भईरहेको छ ।

प्रतिक्रिया