२ सय ५१ सदस्य तयारी समिति

काठमाडौं, १८ साउन । एकीकृत माओवादीले २ सय ५१ सदस्सीय महाधिवेशन आयोजक तयारी समितिको बनाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको तयारी समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । बाँकी २० जना सदस्य भने पुनः बस्ने अर्को बैठकले थप गर्ने निर्णय भएको शर्माले बताए ।
आन्तरिक छलफल पछि अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो । सदस्यहरु थप्ने विषयमा अध्यक्ष दाहाल उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठवीच केही असन्तुष्टि रहेका थिए । सो असन्तुष्टिका कारण निर्धारित समयमा बैठक बस्न सकेको थिएन । दिनभरीको छलफल पछि बेलुका बसेको बैठकले सो २ सय ५१ सदस्सीय समिति बनाउने निर्णय गरेको हो ।
तयारी समितिका सदस्यहरुको कार्यविभाजन बैठकले आज गर्न सकेन । कार्यविभाजन छलफल गरेर अर्को बैठकबाट नियुक्त गरिने प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया