काठमाडौं, १८ साउन । विपक्षी दल एमालेले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आफ्ना पूर्व सभासदहरुसँग परामर्श गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज भएको छलफलमा राजनीतिक गतिरोध अन्त्य, नयाँ संविधान, निर्वाचन, पार्टीले जारी गर्ने भनेको स्वयत पत्र लगायतमा छलफल भएको एमालेले जनाएको छ ।
एमालेका जनजाति नेता र पूर्व सभासदहरुले एकल जातीय पहिचानलाई लिएर असन्तुष्टि जनाईरहेका समयमा एमालेले पूर्व सभासदहरुसँग छलफल गरेको हो ।
प्रतिक्रिया