रुकुममा भूकम्पको झट्का महसुस

रुकुम, १६ साउन । रुकुम जिल्लाको सदरमुकाम खलंगामा आज साझ भूकम्पको झट्का महशुस भएको छ ।
५ बजेर ४७ मिनटमा एक्कासी भूकम्पको झट्का महसुस भएको स्थानीय प्रशासनले जनाएको छ ।
भूकम्पबाट कहाँ कति क्षति भयो भन्ने विषयमा केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
भूकम्प ५/५ मिनेटको फरकमा तीनपटक सम्म आएको थियो ।
भूकम्पको झट्का महसुस भएपछि खलंगा वजारका वासिन्दाहरु खुला स्थानमा जम्मा भएका थिए । सो क्रममा दौडादौड भएको थियो ।

प्रतिक्रिया