कांग्रेसद्धारा विभागहरु गठन

काठमाडौं, १३ साउन । कांग्रेस सभापति सुशील कोइरालाले पार्टीका ४२ विभागका साथै केन्द्रीय निर्देशन समितिहरु गठन गरेका छन् । उनले १४ अञ्चलका संयोजकहरुमा पनि नियुक्त गरेका छन् ।
लामो समय पछि कोइरालाले रिक्त रहेका ती संगठन र विभाग गठन गरेका हुन् । कांग्रेसद्धारा आज विज्ञप्ति अनुसार नेपाल विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल किसान संघ र नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन सम्पन्न गर्न गराउन र तदर्थ समितिलाई सहयोग गर्न तथा निर्देशन दिन केन्द्रीय निर्देशन समिति गठन गरिएको जनाईएको छ ।
त्यसका लागि महामन्त्री प्रकाशमान सिंह संयोजकत्वको समिति गठन गरिएको छ ।
नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन सम्पन्न गर्न गराउन महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा चार सदस्सस्य निर्देशक समिति बनेको छ ।
केन्द्रीय सदस्य रामकृष्ण ताम्राकारलाई उपत्यका समन्वय समितिको संयोजकमा मनोनयन गरेका सभापति कोइरालाले केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई पार्टीको प्रवक्ता तोकेका छन् । कांग्रेसको प्रवक्ता हाल सम्म थिएन ।
कोइरालाले विधानको धारा २१ (ठ) अनुसार रुपन्देहीका महाधिवेशन प्रतिनिधि वावुराम रानालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् ।
सभापति कोइरालाले केन्द्रीय विभागहरुको थप कार्य क्षेत्र विस्तार गरी पार्टी संगठनलाई अझ बढी क्रियाशील गर्ने उद्देश्यले केन्द्रीय कार्यसमितिबाट पछि अनुमोदन हुने गरी विभागहरुको थप व्यवस्था पनि गरेका छन् ।
कोइरालाले केन्द्रीय विभागका प्रमुखहरु पनि नियुक्त गरेका छन् ।
जस अनुसार स्थानीय निकाय विभागको प्रमुखमा दिलबहादुर घर्ती, संसदीय विभाग प्रमुखमा पूर्णबहादुर खड्का, कृषि तथा सहकारी विभाग     प्रमुखमा बालकृष्ण खाँण, उद्योग, व्यापार विभाग    प्रमुखमा दीपकुमार उपाध्याय, भू.पू. सैनिक विभाग प्रमुखमा रमेश रिजाल तथा     गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग    प्रमुखमा डा. नारायण खड्का नियुक्ति भएका छन् ।
प्रचार विभाग प्रमुखमा डा. मिनेन्द्र रिजाल,     प्राकृतिक स्रोत विभाग    प्रमुखमा डा. प्रकाशरण महत, मुस्लिम विभाग    प्रमुखमा फरमूल्लाह मंसुर,     महिला विभाग प्रमुखमा श्रीमती मीना पाण्डे, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा श्रीमती सुजाता कोइराला,     स्वास्थ्य विभाग    प्रमुखमा डा. शशांक कोइरालाले जिम्मेवारी पाएका छन् ।
त्यसै गरी तराई–मधेश विभाग प्रमुखको जिम्मेवारी उमाकान्त चौधरी, साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा मनमोहन भट्टराई,     नेपाली जनसम्पर्क समिति समन्वय विभाग    प्रमुखमा अर्जुनप्रसाद जोशी, अनुसन्धान तथा अभिलेख विभाग प्रमुखमा श्रीमती महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी तथा जनजाति विभाग प्रमुखमा भीष्मराज आङ्देम्वे, पेशागत तथा वौद्धिक विभाग प्रमुखमा डा. शेखर कोइराला, संगठन विभाग प्रमुखमा आनन्दप्रसाद ढुंगाना, काठमाडौं सम्पर्क समिति समन्वय विभाग    प्रमुखमा सूर्यमान गुरुङ, निर्माण व्यवसायी समन्वय विभाग    प्रमुखमा दीपक गिरी, विद्यार्थी विभाग प्रमुखमा नवीन्द्रराज जोशी, शिक्षा विभाग प्रमुखमा चन्द्र भण्डारी नियुक्त भएका छन् ।
प्रशासन विभाग    प्रमुखमा श्रीमती कमला पन्त, यातायात तथा व्यवसाय विभाग प्रमुखमा अजयकुमार चौरसिया, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा श्रीमती अम्बिका बस्नेत, खेलकूद विभाग    प्रमुखमा धनराज गुरुङ, संवैधानिक तथा कानून विभाग प्रमुखमा श्रीमती पुष्पा भुसाल, तरुण विभाग    प्रमुखमा शंकर भण्डारी, पर्यटन विभाग    प्रमुखमा किशोरसिंह राठौर, संघीय मामिला विभाग    प्रमुखमा गगनकुमार थापा, श्रमिक विभाग    प्रमुखमा बद्री पाण्डे, दलित विभाग प्रमुखमा जीवन परियार, द्वन्द व्यवस्थापन विभाग प्रमुखमा श्रीमती ईश्वरी न्यौपाने, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा सुश्री सीता गुरुङ, वन तथा वातावरण विभाग    प्रमुखमा श्रीमती कविताकुमारी सरदार वाँतर नियुक्त भएकी छन् ।
सिंचाई एवं पूर्वाधार विकास विभाग प्रमुखको जिम्मेवारी श्रीमती मिनाक्षी झा, अपाङ्ग विभाग प्रमुखमा सुश्री सुजाता परियार,     शान्ति सुरक्षा र सेवा विभाग प्रमुखमा श्रीमती पार्वती डि.सी.चौधरी, वित्तिय संस्था समन्वय विभाग    प्रमुखमा राजनप्रसाद पन्त, वैदेशिक रोजगार क्षेत्र समन्वय विभाग प्रमुखमा श्रीमती लक्ष्मी राई, सांस्कृतिक विभाग    प्रमुखमा श्रीमती मीना सुब्बाले जिम्मेवारी पाएकी छन् ।
सभापति कोइरालाले अञ्चल समन्वय समितिको संयोजकमा पनि मनोनित गरेका छन् ।
मेची अञ्चल समन्वय समिति    संयोजकमा महेन्द्र यादव, कोशीमा पद्मनारायण चौधरी, सगरमाथामा केशवकुमार बुढाथोकी, जनकपुरमा रामकुमार चौधरी, बागमतीमा सुश्री रत्न शेरचन, नारायणीमा रामचन्द्र तिवारी र गण्डकीको संयोजकमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् ।
लुम्बिनी अञ्चल समन्वय समितिको संयोजकमा सुरेन्द्रराज पाण्डे, धवलागिरीमा एन.पी. साउँद, राप्तीमा वावुराम राना मगर, कर्णाली अञ्चलमा मीन विश्वकर्मा, भेरीमा डिल्लीराज रेग्मी, सेतीमा ज्ञानेन्द्रबहादुर कार्की र महाकालीमा जीवनबहादुर शाही संयोजक नियुक्त भएका छन् ।

प्रतिक्रिया