संगीतालाई जिताउन अभियान

हेटौँडा : अमेरिकाको वासिङ्टन डीसीमा हुने नेपाल–अमेरिका सुन्दरी २०१२ को अन्तिम स्पर्धामा हेटौँडेली युवती संगीता ढकालले पनि सहभागिता जनाउने भएकी छिन् ।
उच्चशिक्षा अध्ययनका लागि करिब ३ वर्षदेखि अमेरिकामा रहेकी हेटौंडा–५ सानोपोखराकी २१ वर्षीया ढकाल २७ प्रतिस्पर्धीलाई उछिन्न कम्मर कसेर लागिपरेकी छिन् । इ–प्लानेट प्रालि नेपालको आयोजनामा भएको प्रतियोगिताका अन्तिम प्रतिस्पर्धीलाई हाल फेसबुकमार्फत बढीभन्दा बढी भोट गर्न आग्रह गरिएको छ । ढकाल परिवार र शुभचिन्तकहरु हेटौँंडामा भोटिङ अभियानमा जुटेका छन् । एउटा साथीले एक पटक सेयर गरेपछि एक भोट गणना हुने प्रावधान रहेको संगीताका पिता पीताम्बर ढकालले बताए ।
नेपाली–पश्चिमी कलासंस्कृति, फेसन र सौन्दर्यको समायोजन हुने किसिमले आयोजित प्रतियोगिताकी प्रतिस्पर्धी ढकालले नेपाली महिलाको सशक्तीकरण र नेपालको भौगोलिक सौन्दर्यलाई विश्वमाझ परिचित गराउन भूमिका खेल्ने बताइन् । प्रतियोगिताको फाइनल आगामी २७ गते हुँदै छ । (सौस)

प्रतिक्रिया