आदिवासी चलचित्र महोत्सव सुरु

काठमाडौँ : नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवको छैटौँ संस्करण बिहीबारबाट शुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा आयोजना गरिएको तीनदिने महोत्सवको पहिलो दिन पाँच पूर्व आदिवासी सभासद्, राष्ट्रगानका रचनाकार व्याकुल माइला, राष्ट्रिय निशान छापका डिजाइनर कृष्णगोपाल श्रेष्ठ, महिला अभियन्ता चरीमाया तामाङ र भारोत्तोलन खेलाडी तारादेवी पुनलाई सम्मान गरिएको थियो ।
पहिलो दिन तीनवटा फिल्म पनि प्रदर्शन गरिए । महोत्सवमा नेपालसहित विश्वका २० देशका ७९ वटा छोटा तथा लामा फिल्मको प्रतियोगितात्मक प्रदर्शनी हुने आयोजकले जानकारी गरायो ।
आइतबारसम्म चल्ने महोत्सवमा आदिवासी खानासहित हस्तकला, पुस्तक, श्रव्यदृश्य, जनजाति कला पनि प्रदर्शनीमा राखिएका छन् । (सौस)

प्रतिक्रिया