जिल्ला सभापतिहरुको भेला सिन्धुपाल्चोकमा

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला साउनको दोस्रो साता सिन्धुपाल्चोकमा हुने भएको छ ।
साउनको दस र एघार गतेका लागि सभापतिहरुको भेलाको तयारी गर्न केन्द्रले निर्देशन दिएको सिन्धुपाल्चोकका सभापति मोहनबहादुर विष्टले जानकारी दिए । उनले भने, ‘साउनको दस र एघार गते सिन्धुपाल्चोकको बाह्रविसेमा जिल्ला सभापतिहरुको भेलाको तयारी गर्न केन्द्रको निर्देशन आएको छ ।’
यस अघि बागमती अञ्चलका जिल्ला सभापतिहरुले भेला आयोजना गर्न दबाव दिदै सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई भेट गरेका थिए ।
भेलाले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढिकरण लगायतका विषयमा रणनीति तयार पार्ने छ ।

प्रतिक्रिया