पूर्वराजाले मनाए जन्मोत्सव

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार आºनो ६६औँ जन्मदिन मनाएका छन् । पूर्वराजा शाहले शनिबार निर्मलनिवासमा शुभचिन्तकहरूका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् ।
शाहलाई जन्मदिनको शुभकामना दिन राजावादीहरू निर्मलनिवास पुगेका थिए । उनीहरूले लाइनमा बसेर शाहलाई पुष्पगुच्छासहित दीर्घायु तथा सुस्वास्थ्यको शुभकामना दिएका दिए । निर्मलनिवास पुग्नेमा शाहीकालीन मन्त्रीहरू र राप्रपा नेपाल र राप्रपाका केन्द्रीय नेताहरू थिए । पूर्वराजालाई शुभकामना दिने लाइन निर्मलनिवास प्रवेशद्वारसम्म थियो । शाहका शुभचिन्तकले निर्मलनिवासभित्र झाँकीसमेत प्रदर्शन गरेका थिए । शुभकामना दिन पुगेका उनका समर्थकहरूले अब केही गर्न सल्लाह दिएका थिए ।
पूर्वराजाको जन्मोत्सव मनाउन शुभजन्मोत्सव समिति नै गठन भएको थियो । समितिका पदाधिकारी शनिबार पशुपति, गुह्येश्वरी, गणेश मन्दिरलगायत धार्मिक स्थल पुगी पूर्वराजाको दीर्घायुको कामना गरेका थिए । (सौस)

प्रतिक्रिया