डुबेर चार बालबालिकाको मृत्यु

कैलाली, २० असार । कैलाली जिल्लाको फुलवारी–१, टाउन प्लानको खाल्डोमा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बहुलियाका अनुसार घर नजिकैको खाल्डोमा नुहाईरहेका बालबालिको डुवेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय नौ बर्षका राम भाट, छ बर्षका लक्ष्मण भाट, नौ बर्षका गोपी दमाई र सात बर्षकी शर्मीला बिक रहेकी छन् । मृत्यु हुने राम भाट र लक्ष्मण भाट दाजुभाई रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज हरिस चन्दले जानकारी दिए ।
पोखरीमा डुबेका अन्य दुई जनाको अवस्था गम्भीर छ । घाईते हुनेमा दीपा भाट र हरिष भाट रहेका छन् । उनीहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
शवलाई धनगढीस्थित सेती अञ्चाल अस्पतालमा पोष्टमार्टमका लागि पुराईएको छ ।

प्रतिक्रिया