कांग्रेस र एमालेले रोकेर बजेट रोकिदैन

काठमाडौं, १९ असार । अर्थमन्त्री वर्षमान पुनले कांग्रेस र एमालेले अवरोध गरे पनि सरकारले पूर्ण बजेट ल्याई छाड्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले मन्त्रिपरिषदले अध्यादेशबाट ल्याएको बजेट राष्ट्रपतिले समेत रोक्न नसक्ने दावी गरे ।
‘बजेट ल्याउने सरकारको काम हो,’ उनले भने, ‘राष्ट्रपतिले त रोक्न सक्नु हुन्न, प्रतिपक्षले अबरोध गर्दैमा बजेट रोकिदैन ।’

प्रतिक्रिया