सहमति बेगर पूर्ण बजेट संभव छैन

काठमाडौं, १७ असार । एमाले अध्यक्ष झलनाथ खनालले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति गर्न नचाहेको आरोप लगाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज राजधानीमा भएको भेटबार्ताका क्रममा उनले भने, ‘अन्तरिम संविधान अनुसार तत्काल पूर्ण बजेट आउने अवस्था नरहेको जान्दाजान्दै पनि प्रधानमन्त्री भट्टराईले बलमिच्याई गरेर अगाडि बढ्न खोज्दै छन् ।’ खनालले विपक्षी दलहरुसँगको परामर्श र सहयोग विनानै वजेट ल्याए आफूहरुलाई मान्य नहुने बताएको उनको निजी सचिवालयले जनाएको छ ।
‘उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री बाधक भएका छन्,’ उनले भने, ‘आत्मकेन्द्रित सोंच र विकासले सहमति आउदैन ।’
प्रधानमन्त्री भट्टराईले निकासका लागि बाटो खोल्नै पर्ने बताएका खनालले सहमति विना वजेट नआउने दोहराए ।
भेटका क्रममा महासंघका पदाधिकारीहरुले पूर्ण बजेटका लागि वातावरण निर्माण गरिदिन खनालसँग आग्रह गरेका थिए । उनीहरुले आवस्यकपरे सरकारसँग सहमतिका लागि मध्यस्थताको भूमिका खेल्न महासंघ तयार रहेको समेत उल्लेख गरेका थिए ।

प्रतिक्रिया