संविधानसभा व्यूताउन दबाव

काठमाडौं, १४ असार । संविधानसभा पुनःस्थापनाको मागलाई एजेण्डा बनाउन कांग्रेसका निवर्तमान सभासदहरुले सभापति सुशील कोइरालालाई दबाव दिएका छन् ।
महाराजगञ्जस्थित निवासमा आज सभापति कोइरालालाई सामूहिक भेटगरेर उनीहरुले संविधानसभा व्यूताउन पलह गर्न दबाव दिएका हुन् । सो क्रममा उनीहरुले कोइरालालाई ज्ञापनपत्र समेत बुझाएका छ ।
निर्वतमान सभासदहरुले मुलुकमा तत्काल निर्वाचन हुन नसक्ने भन्दै संविधानसभा पुनःस्थापनानै उपयुक्त रहेको दाबी गरेका छन् । कांग्रेसकै केही प्रभावशाली नेताहरुले संविधानसभा पुनःस्थापनाको विपक्षमा धारणा राख्दै आएका छन् ।
३० भन्दा बढि निवर्तमान सभासदले संविधानसभा व्यूताउने पहलमा लाग्न दबाव दिएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
निवर्तमान सभासदहरुको दबाव पछि सभापति कोइरालाले संविधानसभाको पुनःस्थापना सम्बन्धी मागलाई केन्द्रीय समितिको बैठकमा राख्ने आश्वासन दिएका छन् ।
‘संकटमा सधै कांग्रेसले निकास दिएको इतिहास छ,’ सभापति कोइरालाले भने, ‘यसपटक पनि हामीले सहमतिका आधारमा निकास दिनेछौ ।’
कांग्रेसका झण्डैं ७० निवर्तमान सभासदहरु संविधानसभा पुनःस्थापना गराउनुपर्ने भन्दै भेला, छलफल र गोष्ठी गर्दै आएका छन् । उनीहरुले बुधबार सिंहदरबारमा भेला समेत गरेका थिए ।

प्रतिक्रिया