प्रधानमन्त्रीको राजीनामा आउदैनः गच्छेदार

विराटनगर, ३१ जेठ । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले मुलुकको निकासका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुको विकल्प नभएको वताएका छन ।
विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरु वीच राष्ट्रिय सहमति कायमगरेर संविधान, ऐन नियमहरु परिमार्जन गरी संविधानसभाको चुनाव गर्नु नै उत्तम विकल्प भएको बताए ।
मधेसी मोर्चा, आदिवासी जनजाति लगायतका जातजातिहरुले पनि संविधानसभावाटै संविधान चाहेको उनले वताए ।
अन्य राजनीतिक दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेर आन्दोलन गरिरहेको सन्र्दभमा गच्छदारले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने दाबी गरे ।
उनले भने, ‘कामचलाउ प्रधानमन्त्रीले नै चुनाव गराउने भएकाले राजीनामा दिनुपर्नेकुनै कारण नै छैन ।’

प्रतिक्रिया