इलाममा तीन जना क्षयरोगी

इलाम, २८ जेठ । इलाममा आठ महिनाको अवधिमा तीन जना क्षयरोगका बिरामी भेटिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन गाविसमा तीन जना क्षयरोगी भेटिएका हुन ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा जिल्लाको नयाँ बजार, पशुपतिनगर र बाँझो गाविसमा तीन जना क्षयरोगका विरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी रामनरेश ठाकुरले बताए ।
क्षयरोगका विरामीलाई अन्य भन्दा फरक व्यवहार गर्नुपर्ने उनी बताउँ छन् ।
क्षयरोगीलाई मैनबत्ती, खाम आदि बनाउने सीपमुलक उद्योगमा लगाइएको समेत उनले जानकारी दिए ।
‘एक्सरे भन्दा पनि खकार जाँच्दा क्षयरोगी हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘नियमति औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक सय ९० जनाको खकार परीक्षण गर्ने वार्षिक लक्ष्य राखेकोमा आठ महिनाको अवधिमा एक सय पाँच जना खकार जाँच गराउन आएका छन् ।

प्रतिक्रिया