उपाध्यक्ष शाही माथी गोली प्रहार

काठमाडौं, २६ जेठ । काठमाडौंको नयाँ बजारमा आज बिहान अज्ञात समूहले गोली प्रहार गरेर अनेरास्ववियू अमृत साइन्स ईकाइका उपाध्यक्ष वसन्त शाहीलाई गम्भीर घाइते बनाएको छ ।
गम्भीर अवस्थाका शाहीको शिक्षण अस्पताल महराजगञ्जमा उपचार भईरहेको काठमाडौंका प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । उनलाई आफू बस्ने डेरा नजिकै गोली प्रहार गरिएको थियो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जना लाई पक्राउ समेत गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले केही हतियार बरामद गरेको छ । शाही अस्कल क्याम्पस अनेरास्ववियू प्रारम्भिक कमिटीका उपाध्यक्ष समेत हुन् । संगठन भित्रकै आन्तरिक द्वन्द्वका कारण शाहीलाई गोली प्रहार भएको हुनसक्ने प्रहरीका प्रारम्भीक अनुमान छ ।
यस अघि कही दिन पहिला काठमाडांैमा सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया