कृतज्ञ बनिन् शिल्पा

बलिउड अभिनेत्री शिल्पा सेट्टी आमा बनेपछि उनलाई बाधाई दिने सबैलाई शिल्पाले धन्यावाद भनेकी छन् । गत सोमबार छोरो जन्माएपछि सहकर्मी र प्रशंसकले शिल्पालाई बधाई दिएका थिए । आमा भएपछि खपिनसक्नु खुसी भएको सुनाउँदै उनले भनिन्, ‘म आमा भएकी छु भन्ने पत्याउन अझै गाह्रो परिरहेछ । मलाई बधाई र शुभकामना दिने सबैलाई हार्दिक धन्यवाद †’ शिल्पाले ट्विटरमा भनिन् ।
पति राज कुन्द्राका तर्फबाट शिल्पाले छोरो जन्माएकी हुन् । छोरा जन्मिनासाथ पति राजले ट्विटरमार्फत यसको जानकारी दिएका थिए । ‘भगवानले हामीलाई सुन्दर छोरो दिएर धन्य बनाए । आमा र छोरा दुवै सकुशल छन् । म खुसीले झुमिरहेछु,’ उनले ट्विट गरेका थिए । छोरो जन्मिएकै दिन शिल्पालाई बधाई दिनेमध्ये विपाशा बसु, रीतेश देशमुखलगायत कलाकार पनि थिए । त्यसयता बलिउडका अधिकांशले शिल्पा र राजलाई बधाई दिएका थिए । (एजेन्सी)

प्रतिक्रिया