एमाओवादी इमान्दार नभएपछि राजीनामा दिए

काठमाडौ, ११ जेठ । उपप्रधानमन्त्रीबाट राजीनामा गरेका कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा दिए पनि संविधानसभाको म्याद अव नथपिने स्पष्ट पारेका छन् ।
सभापति सुशील कोइराला मार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाए लगत्तै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सिटौलाले सर्वोच्च अदालतको फैसला सबैले मान्नै पर्ने बताए । उनले सर्वोच्चको सोही आधारमा म्याद नथप्ने कुरामा कांग्रेस अडिग रहेको बताए ।
उनले छोटो प्रकृयाबाट अहिले पनि विवादित विषयलाई थाति राखेर संविधान जारी गर्न सकिने भन्दै बाँकी विषयलाई रुपन्तरित संसदले टुङगो लगाउने गरी संविधानसभालाई भंग गर्नु पर्ने धारणा राखे ।
सिटौलाले जेठ १४ अघिनै संविधान जारी गर्ने र संविधानको घोषण अघिनै कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने सहमति अनुसार बातावरण बनाउन प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको बताए । उनले प्रधानमन्त्रीले संविधान घोषणाको बातावरण नबनाएकोले सरकारमा बस्नुको औचित्य सकिएको दावी गरे ।
उनले भने, ‘सहमति लागू नभएको र त्यसका लागि एमाओवादी ईमान्दार नभएकोले राजीनमा दिएको हुँ ।’

प्रतिक्रिया