‘दृष्टि’को वल्र्ड प्रिमियर तयारी

काठमाडौं : दृष्टिविहीनहरूको कथामा निर्माण गरिएको नेपाली चलचित्र दृष्टिको प्रिमियर युरोप र अमेरिकालगायत एक दर्जन मुलुकमा हुने भएको छ । चलचित्रका निर्देशक राजन राईका अनुसार युरोपका जर्मनी, फ्रान्स, युके, हल्यान्डलगायत आधा दर्जन मुलुक र अमेरिकामा प्रिमियर सो गरिने भएको छ ।
कोरस नेपालको प्रस्तुति तथा वेदना थुलुङको निर्माण रहेको सो चलचित्रले दृष्टिविहीनहरू बाहिरी आँखाले नदेखे पनि भित्री आँखाले देख्न सक्छन् भन्ने सन्देश बोकेको निर्देशक राई बताउँछन् । निर्देशक राईले भने, ‘यो चलचित्रले अपांग र सांगमा केही भिन्नता नभएको र सबै समान हुन् भन्ने सन्देश दिएका छौँ ।’
नेपाल नेत्रहीन संघ र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको विशेष सहयोगमा निर्माण भएको चलचित्र दृष्टिमा गायक क्रान्ति आले, रुष्मा राई, युवराज लामा, उदय सुब्बा, अभिलाषा राई, अनिल बम्जनलगायतको अभिनय रहेको छ । चलचित्र प्रिमियरका लागि मे २१ तारिखमा युरोप प्रस्थान गर्ने निर्देशक राईले बताए । उनले हङकङ, मलेसिया, दुबई र कतारमा पनि प्रिमियर गर्ने बताए । राईले भने, ‘यो चलचित्रलाई वल्र्ड प्रिमियर गर्ने लक्ष्य बनाएको छु ।’ (सौस)

प्रतिक्रिया