दाहालले जातीयद्वन्द्व भड्काउने अभियक्ति दिएको आरोप

काठमाडौं, १ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनाका सन्दर्भमा जातीय द्वन्द्व, घृणा र द्वेष भड्काउने किसिमको अभिव्यक्ति दिएको आरोप लगाउदै नागरिक समाजका अगुवाले अभिब्यक्तिको निन्दा गरेका छन् ।

उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर पूर्व प्रधानमन्त्री तथा ठूलो राजनीतिक दलका अध्यक्षबाट यस प्रकारका धारणा सार्वजनिक हुनुलाई आश्चर्यजनक र अकल्पनिय ठानेको जनाएका छन् ।

उनीहरुले यस्ता अभिव्यक्तिले उत्पन्न गर्नसक्ने भयावह परिणामप्रति आफूहरुको चिन्ता रहेको जनाएका छन् ।

मुलुकका विभिन्न जाति, क्षेत्र र समुदाय आन्दोलित भइरहेको भन्दै उनीहरुले अध्यक्ष दाहालको भनाईले आपसमा रहेको सद्भाव र सहिष्णुता विपरित समाजमा अनपेक्षित द्वन्द्व र घृष्णा बढेर जाने खतरा देखापरेको आरोप लगाएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रका प्रमुख नेताहरुले आम देशवासीका बीचमा एकता र सद्भाव बढाउन प्रोत्साहन गर्नुपर्नेमा त्यसको उल्टो एमाओवादी अध्यक्ष दाहालले दिएको अभिव्यक्ति अत्यन्तै खेदपूर्ण छ ।’

प्रतिक्रिया