विमान दुर्घटनामा १५ जनाको मृत्यु

बागलुङ, १ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको अग्नी एयरको विमान आज बिहान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा बिमानका पाईलट पि.एस. पाठक र को–पाईलट एस.डी. महर्जनको मात्र सनाखत भएको छ । विमान परिचारिका आर. सैंजु भने सकुशल रहेकी छन् ।
दुर्घटनामा परेर घाईते भएका मध्ये १० जनाको जीवितै उद्धार गरिएपनि ४ जनाको अस्पतालमा उपाचारका क्रममा मृत्यु भएको हो ।
घाइते ६ जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको मुस्ताङका प्रहरी प्रमुख बसन्त रञ्जितले जानकारी दिए ।
जोमसोमका लागि उडेको विमान अवतरणका क्रममा जोमसोम ब्यारेकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरी प्रमुख रञ्जितले उल्लेख गरे ।
विमानमा १६ जना भारतीय, २ रसियन र ३ जना नेपाली चालक दलका सदस्य सवार रहेका थिए ।
यसैवीच, प्रधानमन्त्री बावराम भट्टराईले अग्नी एयरको विमान दुर्घटनामा परेर १५ जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । उनले विज्ञप्ती जारी गरेर घाईते अन्यको शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
त्यसै गरेर नेपाली कांग्रेसले पनि विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रुप्रति समवेदना प्रकट गरेको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले विज्ञप्ती जारी गरेर घाईतेको शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया