बन्दको विरोध गर्दै कीर्तिपुरमा प्रदर्शन

कीर्तिपुर, २९ वैशाख । व्राम्हण, खस, क्षेत्रीले आह्वान गरेको बन्दको विरुद्ध कीर्तिपुरका स्थानीयले जातीय राज्यको माग गर्दै आज विरोध प्रदर्शन गरेका छन् ।
बन्द समर्थकले बजार बन्द गराउन थालेपछि स्थानीय नेवाः राज्य जातीय राज्यको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले नेवाः स्वायत्त राज्य जिन्दावाद, जातीय पहिचानसाहितको सङ्घीयता कायम गर जस्ता नारा लगाएका थिए ।
जातीय राज्यका पक्षमा निश्किएको विरोध प्रदर्शनले बन्द पसलहरु खुलाउन दबाव दिएका छन् ।
कीर्तिपुरमा बन्द आयोजक तथा बन्द विरोधीले अलग अलग प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया