बिपासाको हट पोज

मुम्बई : बलिउडकी काली बिराली बिपासा वसुको कामुक शैलीका अगाडि नपग्लने युवा सायदै होलान् । आकर्षक आँखा अनि कामुक ओठ भएकी नायिकाका रूपमा परिचित यी काली सुन्दरीले आकर्षक सौन्दर्य अनि त्यस्तै अभिनयका कारण बलिउडमा स्थान जमाउँदै आएकी हुन् । कहिले यही कामुक शैलीका कारण उनको चर्चा उचालिन्छ त कहिलेकाहीँ विभिन्न नायकसँगको अफेयर्सका कारण उनी बलिउडको हटकेक बन्छिन् । यी हट नायिकाको चर्चा यतिखेर फेरि चर्किएको छ, हट फोटोसुटकै कारण । भर्खरै उनले पुरुषपत्रिका मेन्स वल्र्डका लागि गराएको फोटोसुटले बलिउड तातेको छ । पत्रिकाको अपि्रल अंकमा प्रकाशित भएका ती तस्बिर उनले अहिलेसम्म खिचाएका तस्बिर बिर्साउने खालका भएको चर्चा गरिएको छ । उक्त फोटोसुटका लागि उनले विभिन्न रंगका पारदर्शी कपडामा अनेक कामुक पोज दिएकी छन् ।

प्रतिक्रिया